
बैशाख १०
अहिले काठमाण्डौसहित देशका धेरैजसो ठाउँको मौसम सफा रहेको छ ।
पश्चिमका केही पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आज दिउँसोपछि सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
स्थानीय र पश्चिमी वायुको प्रभावका कारण पश्चिमी क्षेत्रमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाईएको छ ।
