Tuesday, June 9News That Matters

देशको ५ सय २३ ठाउँमा डढेलो

पूर्णपुष्टि, चैत १४ 

अहिले देशको आधा भन्दा धेरै जिल्लाको विभिन्न जङ्गलमा डढेलो लाग्ने क्रम बढेको छ  । अहिले ५६ वटा जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो लागिरहेको वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याँकले देखाएको छ ।

पर्सामा मात्र ६० ठाउँ जङ्गलमा डढेलो लागिरहेको छ भने मकवानपुरमा ४१, चितवनमा २७ र नवलपुरमा २६ ठाउँमा डढेलो लागिरहेको छ । तापक्रम बढ्दै जाँदा पश्चिम नेपाल र मध्य तराई तथा केही पहाडी भेगमा डढेलो निकै फैलिएकोले सतर्क रहन विज्ञहरूले चेतावनी दिएका छन् ।

हिजोदेखि बढेको वायु प्रदूषणको मुख्य कारण पनि डढेलो नै रहेको वातावारण विभागले जनाएको छ । वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सावधानी अपनाउन आग्रह गरेको छ ।

यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भू–संरक्षण विभागले जनाएको छ । नेपालमा सामान्यतया चैतदेखि जेठसम्म बढी आगलागी हुने गर्छ ।