
पूर्णपुष्टि, कात्तिक २१
देशभर चिसो बढ्न थालेको छ । यस वर्षको चिसो सुरु भएपछि यस वर्षको सवै भन्दा कम तापक्रम काठमाण्डौमा मापन गरिएको छ ।
आज काठमाण्डौको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अब देशभर चिसो बढ्दै जानेछ । बिहानपख हुस्सु लाग्ने क्रम पनि बढ्दै जाने महाशाखाले जनाएको छ । बादल लाग्दा अधिकतम तापक्रम घटे पनि न्यूनतम तापक्रम बढ्ने भएकाले तुलनात्मक रुपमा केही न्यानो हुन्छ । तर बादल नलाग्दा न्यूनतम तापक्रम घट्छ, जसले गर्दा चिसो बढी महशुस हुने जनाईएको छ ।
अहिले न्यूनतम तापक्रम घटेर चिसो भएको महाशाखाले जनाएको छ । पानी पर्यो भने जाडो अझै बढ्नेछ । तर तत्काल पानी पार्ने कुनै प्रणाली नभएकाले देशको पहाडी भेगमा हल्का बाहेक पानी पर्ने सम्भावना नरहेको जनाईएको छ ।
