Friday, May 1News That Matters

देशभर थपिए १,६०३ कोरोना संक्रमित, थप २७ जनाको मृत्यु

पूर्णपुष्टि, असार २०

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ७६ जनाको पीसीआर परीक्षणमा १ हजार ४२ जना र ३ हजार २ सय ५६ जनाको एन्टिजेन परीक्षणमा ५ सय ६१ जना गरी १ हजार ६ सय ३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५२ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ५२ जना पुगेको छ ।