Wednesday, May 20News That Matters

देशभर शनिवार सम्मै बर्षा हुने

पूणर्पुष्टि, असोज ७ 

जल तथा मौसम विज्ञान बिभागले शनिवार सम्मै बर्षा हुने जनएको छ । यो बर्ष मनसुन ढिलो बाहिरिने भन्दै लामो समय सम्म मनसुन रहने बिभागले जनाएको हो । मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको हो । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम-उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

राति देशभर सामान्यदेखि पूणर् बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, ५, गण्डकी र कणर्ाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिलेको अवस्थालाई हेर्दा सो प्रणाली नेपालमा केही दिन रहने भएकाले मनसुनी गतिविधि अझै तीनचार दिन बढ्न सक्ने बताइएको छ । ’शनिबारसम्म घाम लाग्ने सम्भावना कमै रहेको छ,’ मौसमविद् कँडेलले भने । हाल देशभर सामान्यदेखि पूणर् बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।