Tuesday, June 9News That Matters

दैलेखमा कुटपिटपछि एकको हत्या, ६ पक्राउ

पूर्णपुष्टि,कार्तिक १२

छदैलेखमा कुटपिटपछि एक जनाको हत्या भएको छ । नौमुले गाउँपालिका–१ राइले धनीगाउँ बस्ने ४० वर्षीय भबिन्द्र शाहीको कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जनालाई हिजो राति प्रहरीले पक्राउ गरेको छ ।

शाहीलाई हिजो बेलुका ६ जना व्यक्तिहरुले कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे थाहा लगतै पुगेको जिल्ला प्रहरी कार्यालय दैलेख र इलाका प्रहरी कार्यालय नौमुलेको टोलीले ६ जनालाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।