
माघ ९ गते ।
गृह मन्त्रालयको निर्देशनमा दैलेखमा धमाधम छाउगोठ भत्काएको छ । गृह मन्त्रालयले चालको छाउ गोठ भत्काउने अभियान अन्तर्गत दुई सय ४१ छाउगोठ भत्काएको हो ।
गत पुस २१ गतेदेखि छाउगोठ भत्काउन थालिएको थियो । गत पुस २१ देखि माघ ६ गतेसम्म पाँचवटा स्थानीय तहमा दुई सय ४१ छाउगोठ भत्काएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । अछामसँग सिमाना जोडिएको आठबिस नगरपालिकामा जिल्लाकै बढी एक सय १२ छाउगोठ भत्काइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी भैरवी गाउँपालिकामा ५८, दुल्लु नगरपालिकामा १३, गुराँस गाउँपालिकामा तीन, चामुण्डाविन्द्रासैनी नगरपालिकामा २० र अन्य स्थानीय तहमा गरी दुई सय ४१ छाउ गोठ भत्काइएको प्रहरीले जनाएको छ ।
