Sunday, June 28News That Matters

दोस्रो टी–२० मा श्रीलङ्काको जित

पूर्णपुष्टि, फागुन २२

वेस्ट इन्डिजसँगको दोस्रो टी–ट्वान्टी क्रिकेट प्रतियोगीतामा श्रीलङ्काले जित हात पारेको छ । आज भएको खेलमा श्रीलङ्काले वेस्ट इन्डिजलाई ४३ रनले पछि पार्दै जित हात पारेको हो ।

श्रीलङ्काले दिएको १ सय ६१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिज १८ ओभर ४ बलमा अलआउट भयो । वेस्ट इन्डिजले १ सय १७ रन मात्र बनायो । वेस्ट इन्डिजका ओबेड म्याककोएले सर्वाधिक २३ रन बनाए ।

लेन्डल सिमोन्सले २१, क्रिस गेल १६, कप्तान काइरन पोलार्डले १३ रन जोडे । श्रीलङ्काका हसरंगा डा. सिल्भा र लक्शान शन्दकानले ३÷३ विकेट लिए । दुश्मन्था चामिराले २ विकेट लिए । श्रीलङ्काले दनुष्का गुनाथिलकाको ५६ रनको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो ।

वेस्ट इन्डिजका ड्वाने ब्राभोले २ विकेट लिए । श्रीलङ्काले तीन खेलको श्रृङ्खलामा वेस्ट इन्डिजसँग १–१ को बराबरी गरेको छ । पहिलो खेल वेस्ट इन्डिजले ४ विकेटले जितेको थियो ।