
पूर्णपुष्टि,बैशाख १५ । सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो स्थानको थ्रि स्टार क्लबलाई एनआरटीले हराएको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एनआरटीले थ्रि स्टारलाई १–० गोलले हराएको हो ।
खेलको ३७ औं मिनेटमा सन्जिव विष्टले गरेको गोल नै एनआरटीको जितको लागी निर्णायक गोल बनेको हो । त्यसअघि थ्रीस्टारले खेलको ३७ औं मिनेटमा पेनाल्टि पाएको थियो । पहिले अग्रता लिने अवसर पाए पनि सन्तोष साहुखल पेनाल्टिमा चुके । सन्तोषको प्रहार आउट भएको थियो ।
यस जितसँगै १३ खेलबाट १६ अंक जोड्दै एनआरटी तालिकाको आठौं स्थानमा उक्लिएको छ भने हार व्योहोरेको थ्रि स्टारले शिर्ष स्थानमा निस्कने मौका गुमाएको छ । थ्रि स्टार १३ खेलबाट २२ अंकसहित दोस्रो स्थानमा छ । एक खेल कम खेलेको जावलाखेल युथ क्लब थ्रि स्टार भन्दा एक अंकले अघि छ ।
