
पूर्णपुष्टि, भदौ ८
धनुषामा एक युवकले आफ्नै बाबु र श्रीमतीको हत्या गरेको छ । हत्या आरोपमा मृतक मण्डलका छोरा भागेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको छ । लामो समय देखि बाबु र श्रीमति बिच अनैतिक सम्बन्ध रहेका कारण घरमा बिवाद हुदै आएको भागेश्वरले प्रहरी वयानमा भनेका छन् ।
अनैतिक सम्बन्धकै करण विवाद हुँदा गए राति मारेर खाल्डोमा गाडेको भन्दै भागेश्वरले स्वीकार गरेको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए । विहारी नगरपालिका वडा नम्बर ५ ललियाका ५५ वर्षीय रामवृक्ष मण्डल र ३५ वर्षीया अमरिकादेवी मण्डलको हत्या भएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार भागेश्वर एक वर्ष अघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन्। दुबै जनाको हत्या गरेर शव गाडेको भन्दै आज बिहानै स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको हो ।
हत्या गरेर बारीको झाडीमा उनले शव गाडेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा पुगेर शव उत्खनन सुरु गरेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
