
मंसिर १६ गते ।
सुनसरीको धरान उप–महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएको छ । तिलक राईले २६ हजार सात सय नौ मत ल्याएर विजयी भएको हो ।
प्रतिद्वन्दी नेकपाका प्रकाश राईको २३ हजार नौ सय १४ मत आएको छ । २०४७ साल पछिका हरेक निर्वाचनमा बामपन्थीहरुले जित्दै आएको धरानमा यसपालि काँगे्रसले जितेको छ ।
गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालका तारा सुब्वासँग ४ हजार मतान्तरले हारेका राईले यो पटक झिलो मतले जित हासिल गरेर हो ।
