Sunday, June 21News That Matters

धरानको वीपी प्रतिष्ठानमा थप २ संक्रमितको ज्यान गयो

पूर्णपुष्टि, जेष्ठ ५

धरानको वीपी प्रतिष्ठानमा थप दुईजना कोरोना संक्रमितको उपचारको क्रममा ज्यान गएको छ । सुन्दरहरैचा–१० मोरङका ७२ वर्षीय पुरूषको मंगलबार साँझ ५ः५० बजे ज्यान गएको छ । उनलाई वैशाख १० गते कोरोना संक्रमण देखिएपछि वैशाख ११ गते वीपी प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

त्यसैगरी बेलबारी–९ मोरङका ६५ वर्षीया महिलाको मंगलबार साँझ ६ः ३० बजे ज्यान गएको छ । उनलाई जेठ २ गते कोरोना संक्रमण पुष्टि भएकोमा जेठ ३ गते अस्पताल भर्ना गरिएको थियो ।