
पुर्णपुष्टि,भाद्र २१
धरानमा कोरोना संक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । झापाको कन्काई–३ बस्ने ४५ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
योसहित प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २३ पुगेको प्रष्ठिानले जनाएको छ ।
उनलाई मधुमेह र दीर्घ रोग रहेको अस्पतालले जनाएको छ । निमोनिया, कमजोरी र कब्जियतको समस्याका साथै दुईदिनदेखि ज्वरो र स्वास्प्रश्वासमा कठिनाइ भएपछि मेची अस्प्तालमा ती महिला भर्ना भएको थियो ।
त्यहाँ उनको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएपछि भदौ १८ गते प्रतिष्ठानमा ल्याउनासाथ स्वाब संकलन गरेर पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।

