Friday, June 26News That Matters

धरानमा कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ १३

सुनसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । सिरहाको भदैयाका ८४ वर्षीय पुरुषको उपचारका क्रममा गतराति मृत्यु भएको हो ।

ती पुरुषमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानले जनाएको छ । स्वास्थ्यमा समस्या भएपछि ती वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । स्वाबको पीसीआर परीक्षण गराउँदा ७ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

ती वृद्धको मृगौलासम्बन्धी समस्या रहेको पनि अस्पतालले जनाएको छ ।