Thursday, May 28News That Matters

धविर जंगलमा मृत फेला

सोलुखुम्बु, चैत्र ११ गते । 

सोलुखुम्बुको थुलुङ दुधकोशीका धनविर कामी जंगलमा मृत फेला परेको छ । थुलुङ दुधकोशी गाउँपालिका–१ नेले निबासी ६० बर्षीय कामी मृत फेला परेको हो ।

गत चैत्र ५ गते  दिउँसो घरबाट निस्किएका कामी हिजो दउँसो साँढे १ बजे जुभिङ सामुदायिक वनको खोल्सामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।