Wednesday, May 6News That Matters

धारीलो हतियार प्रहार गर्दा १ जनाको मृत्यु

सुनसरी/भदौ ९ गते ।

सुनसरीको भोक्राहा नरसिंहमा धारीलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ । भोक्राहानरसिंह गाउँपालिका– ५ टपरा निबासी ४५ वर्षीय बहाब मियाको मृत्यु भएको हो ।

गतराती १ बजे उक्त निबासी २५ वर्षीय मुर्ताज मियाले मादक पदार्थ सेवन गरी बहाबलाई धारीलो हतियारले घाँटीमा प्रहार गरेको प्रहरीले जनाएको छ । धारीलो हतियार प्रहार गरी घाईते बनाएपछि आफैले धानमा छिट्ने विषदी सेवन गरी घाईते भएको प्रहरीले जनाएको छ ।

घाइते भएका दुवै जनाको उपचारको लागि नोबेल अस्पताल विराटनगर लागिएपनि उपचारको क्रममा बहाबको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।