
रुपा चाम्लिङ राई
लिम्चुङ्बुङ, असोज २९
निकट भविष्यमै निर्माण हुन लागेको लिम्चुङबुङ एभरेष्ट भ्यू टपलाई पर्यटकीय क्षेत्र बनाउनको लागि हाल तत्कालिन समय देखि नै व्यवस्थापनको जग बसाउनु पर्ने धावकहरुको राय रहेको छ ।
रेस गर्दै आइपुगेका धावकहरुले एभरेष्ट भ्यू टप वरिपरी रहेको फोहोर विभिन्न प्लाष्टिक रेडवुलको बट्टा पेय पदार्थ सेवन गरी फुटाएको सिसा जस्ता कुरालाई बटुलेर जम्मा गरी खाल्टोमा जलाउने काम गरेका छन् ।

पर्यटकीय स्थल जस्तो ठाउँमा स्थानीय सरकारले पनि व्यवस्थापनमा सरोकार राख्नु पर्ने साथै घुम्न आउने प्रत्येक पर्यटकले आफुले प्रयोग गरेर फालेको फोहोरलाई आफैले व्यवस्थित गरी पर्यटकीय स्थल विकासको लागि स्थानीय तहलाइ सहयोग गर्नु पर्ने भन्ने सन्देश जावस भनि सरसफाइ गरेको हो ।
एभरेष्ट भ्युटपमा सामान्य रुपमा हरेक दिन घुम्न आउने मान्छे भने टुट्दैन अझ शनिवार कर्मचारी तथा अन्य पर्यटकीय गरी निकै नै लस्कर देख्न सकिन्छ । यस्तो पर्यटकहरुलाई मध्यनजर गर्दै स्थानीय सरकारले पनि पर्यटन व्यवस्थापनको लागि कम्तिमा वरीपरि फोहोर जम्मा गर्ने डस्विन खानेपानी सामान्य चर्पीको सहित व्यवस्था भए अझ पर्यटकको लर्को लाग्ने निश्चित रहेको छ ।

लिम्चुङबुङ गाउँपालिका २ छतिवने गाउँबाट करिब १५ किलो मिटर लगभग १ घण्टा ३० मिनेटमा रनिङ गरेर लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्यूटपसम्म दुई धावकको अघुवाइमा अन्य स्थानीय धावकहरु आइपुगेको हो ।
लिम्चुङबुङ गाउँपालिकामा ट्रेल रेसको लागि नया धावकहरु उत्पादन गराउने उद्देश्यका साथसाथै एभरेष्ट भ्यू टपको लागि पर्यटकको रुपमा आएका लिम्चुङबुङ स्पोर्ट क्लबका सदस्य गिरीराम राई तथा महाकुलुङ गाउँपालिका सोलुखुम्बुका धावक सुमन कुलुङ पर्यटकको रुपमा आएका हुन् ।
धावकहरु राष्ट्रिय स्तरमा विभिन्न ठाउँमा २४ देखि ८२ किलो मिटर सम्मको ट्रेल रेसको उत्कृष्ट खेलाडीहरु हुन् । लिम्चुङबुङमा २०७६ वैशाख २ गते १६ किलो मिटरको ट्रेल रेस उदयपुरमै पहिलो पटकमा सम्पन्न भएको थियो ।
लिम्चुङबुङमा ट्रेल रेस गर्न उपयुक्त ठाउँ रहेको र यस ठाउँको खेलाडीहरुलाई तत्कालिन व्यवस्थापन गरी अगाडी बढाइयो भने ट्रेल रेसमा उत्कृष्ट खेल खेली आफ्नो ठाउँको पहिचान साथै व्यक्तिगत भविष्यमा पनि राम्रो हुने देखिएको छ ।

