
उदयपुर, भदौ १६ गते ।
विभिन्न कार्यक्रम गरी हिन्दु नारीहरुले भब्यताका साथ तिज मनाएको छ । विहानै स्नान गरी शिवको पुजा गरी ब्रत बसेका नारीहरु विभिन्न सास्कृतिक कार्यक्रम गरी धुमधामका साथ तिज मनाएको हो ।
नारीहरुको विषेश पर्वको रुपमा मनाउँदै आएको तिज यसपाली पनि भब्यताका साथ सम्पन्न भएको छ ।
तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।



