पूर्णपुष्टि, मंसिर २८
आजबाट अत्यादिक धुवाँ फाल्ने गाडीलाई जरिवाना गराईने जनाइएको छ । प्रदुषणको सबै भन्दा बढी जोखिमको रुपमा उत्पन्न हुने मध्य गाडीको धुवाँ र बाहिर जलाईएने फोहोर रहेको भन्दै यसलाई नियन्ञण गर्न खोजिएको हो । उक्त कार्यलाई वन तथा वातावरण विभागले प्रदूषण जाँच नगरी सञ्चालन भएका सवारीसाधनलाई पुस १ गतेदेखि रु एक लाख जरिवाना गर्ने चेतावनी दिएको हो । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्काशनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच नगरेका गाडीलाई आजदेखि कारबाहीसहित जारिवाना गरिने विभागले जनाएको छ।
विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण देखाउँदै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो।
अहिले धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडीलाई एकपटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकामा आजदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई रु एक लाखसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ।
कैफियत भेटिएमा वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ उपदफा २ अनुसार जरिवाना हुने भएको छ। छड्के जाँचमा प्रदूषण जाँचपासका रूपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तिर्ण हुने गाडीलाई जरिवाना गरिने विभागले चेतावनी दिएको छ।
