Wednesday, June 10News That Matters

नक्कली कागजातबाट नेपाली नागरिकता लिने १० भारतीय पक्राउ

पूर्णपुष्टि,बैशाख २४ । नक्कली कागजातबाट नेपाली नागरिकता लिने १० भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार बिभिन्न स्थानबाट पक्राउ गरेको १० जना भारतीय नागरिकलाई काठमाण्डौँ उपत्यका अनुसन्धान कार्यालयले आईतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहारका ५५ बर्षीय भरतप्रसाद गुप्ता, ३० बर्षीय राहुल गुप्ता, ५० बर्षीय ज्ञानमति देवी गुप्ता ३९ बर्षीय गोपाल गुप्ता, ४४ वर्षीय रामसुन्दर गुप्ता, ४३ वर्षीय रामप्रवेश गुप्ता, ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता रहेका छन् ।

सन् २०२१ देखि अहिलेसम्म पनि भारतीय मतदाता परिचय पत्रमा नाम रहेका उनिहरुले रूपन्देही, बारा, पर्सा लगायतका जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको नागरिकता लिएका हुन्।