
पूर्णपुष्टि, असार १
नगदसहित कञ्चनपुरबाट पाँच जुवाडे पक्राउ परेकका छन् । भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजारको ४ नम्बार गल्लीबाट प्रहरीले गए राति नगद रकमसहित पाँच जुवाडेलाई पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा भीमदत्त–१८ का ६२ वर्षीय रामकृष्ण गुप्ता, ३३ वर्षीय सचिन गुप्ता, ४५ वर्षीय विनोद गुप्ता, ४२ वर्षीय सुनिल गुप्ता र ५५ वर्षीय मुरारी गुप्ता रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले रु ४६ हजार २ सय ७ रुपैयाँ नगद बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा प्रहरीले विनोद गुप्ताको घरमा जुवातास खेलिरहेको जानकारी पाएपछि प्रहरीले उक्त ठाउँमा गई खानतलासी गरेको थियो ।
