Thursday, May 7News That Matters

नगरदेखि घर–घरसम्म अभियान सुरु

गाईघाट, असोज ८ गते ।

अपराधरहित समाज निर्माणका लागि नगरदेखि घरघरसम्म समुदायस्तरको अभियान बुधबारदेखि सुरु भएको छ । १६ वडा रहेको त्रियुगा नगरपालिकाको वडा नं. २ साकेलाटोलबाट समुदायमा अन्तरक्रिया कार्यक्रम गर्दै बुधबारदेखि अभियान सुरु गरिएको हो ।

त्रियुगा नगरपालिकाको आयोजना र समुदाय प्रहरी पालिका समितिको संयोजनमा अभियान सुरु भएको हो । अपराधरहित समाज निर्माण गर्नको लागि पहिलो हात समुदायको हुने भएकाले सवै एक जुट भएर लाग्नु पर्ने प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताए ।

मानिसालाई प्रभाव पर्ने समुदाय भएकाले नराम्रो कुरालाई हटाउदै राम्रो कुरालाई लागु गर्नु पर्दछ । आफ्ना छोराछोरीहरु कुन बाटोमा हिड्दैछ भन्ने कुरालाई आमा बाबुले निगरानीमा राख्नु पर्ने प्रमुख जिल्ला अधिकारी खड्काले बताए । समाज बनाउनका लागि सवैको उतिकै महत्वपूर्ण हात हुने भएकाले हातमा हात र साथमा साथ मिलाएर अघि बढ्न आग्रह समेत गरेका छन् ।

शान्तिपूर्ण समाज निर्माण गर्न समुदायको महत्वपुर्ण भुमिका रहने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बिरबहादुर बुढामगरले बताए । समाजमा सबै एकजुट भई अपराध रोकेर सभ्य समाज निर्माण गर्न सकिने भन्दै बालबिवाह, लागुऔषध दुव्र्यशन, चोरि, लुटपाट, बलात्कार, झैझगडा जस्ता अपराधहरु रोक्नुपर्ने उनले बताए ।

बालविवाहले पनि समाजलाई ठूलो असर पारेको छ । विवाह गर्ने दम्पतीको स्वास्थ्यलाई मात्रै नभई समाजलाई नै असर गरेको एसपी मगरले बताए । वालविवाह, लागु औषध दुव्र्यशन, बलात्कार, चोरी लुटपाट जस्ता  हिंसात्मक घटनाले समाजलाई असर गरेको उनले बताए ।

यस्ता खालको गतिविधि समाज र समुदायबाट नै हुने भएकाले नियन्त्रण गर्नमा समुदायको महत्वपूर्ण भूमिका हुने एसपी मगरले बताए । यस अभियान सफल बनाउनको निम्ती सवै पक्षले सक्रिय रुपमा भुमिका खेल्नु पर्ने उनले बताए ।