Sunday, June 14News That Matters

नदीले बगाएर ३ जना बेपत्ता

बिराटनगर, असार ९

तमोर नदिले बगाउँदा दुई जिल्लाका तीन जना बेपत्ता भएका छन् ।

सोमवार दिउँसो २ बजेको समयमा घरबाट टिपटाला तर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ बर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर  नजिकै रहेको तमोर नदीमा पु¥याई बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका लिम्बुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

त्यस्तै सोमवार दिउँसो ३ बजे साथीहरुसंगै तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका–५ होडाका १५ बर्षीय सन्तोष तामाङ र १८ बर्षीय रन्जित शेर्पालाई तमोर नदिले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पौडी खेल्न गएका उनीहरुलाई अचानक नदीले बगाएको भनी अन्य साथीहरुले हल्ला गरेपछि स्थानीयवासीहरुले खोजतलास गर्दा फेला नपरेको भनी ईलाका प्रहरी आठराईमा जानकारी गराएसगै प्रहरी टोली समेत खटि गई खोजतलास भईरहेको ईप्रकाले जनाएको छ ।