Tuesday, June 9News That Matters

नयाँ वर्षमा दयाहाङ र मिरुनाको ‘जारी’ प्रदर्शन हुने

पूर्णपुष्टि,फागनु ३ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘जारी’ आगामी नयाँ वर्षमा प्रदर्शन हुने भएको छ । सोमबार चलचित्रको पोष्टर सार्वजनिक गर्दे निर्माण युनिटले प्रदर्शनको मिति तय गरेको हो । जारीप्रथाको कथावस्तुमा आधारित फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय रहेको छ ।

फिल्ममा लिम्बु समुदायमा गाइने पालामलार्ई चित्रण गर्दै गरेका रोयदीपलाई टिजरमा क्यारेक्टरको रुपमा प्रस्तुत गरिएको छ । काव्यशैलीमा सम्बन्धको उतारचढाव र छोरी मान्छे कसरी जालमा पर्छे भन्ने कुरालाई विम्वपरक रुपमा भनेका छन् ।

टिजरमा दयाहाङ र मिरुना पतिपत्नीको भूमिकामा हुन्छन् तर कथा अघि बढ्दै जाँदा उनीहरुमा दरार आउँछ र मिरुनाको हात रोयदीपले थाम्छन् । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतको पनि अभिनय देख्न सकिन्छ ।