नवजात शिशु जीवन रक्षा कार्यक्रम

उदयपुर, मंसिर ९ गते ।

उदयपुरमा मातृ तथा नवजात शिशुको जीवन रक्षाका लागि सुरक्षित मातृत्व र नवशिसु परियोजना संञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा एक कार्यक्रमकोसाथ परियोजनाको जानकारी गराएको हो ।

मातृ तथा नवजात शिशुको विरामी र मृत्यु दर घटाई मातृ र नवशिसु स्थितिमा सुधार ल्याउने लक्ष्यकासाथ वान हार्ट वल्र्ड वाइडले परियोजना सञ्चालन गरेको संंस्थाका मेनेजर गिता शर्माले बताइन् ।

६ बर्षसम्म सञ्चालन हुने उक्त कार्यक्रम तयारी, कार्यान्वयन र वहिर्गमन गरी तीन चरणमा विभाजन गरिएको छ । कार्यक्रमअन्र्तगत संस्थाले मातृ, नवजात शिशु तथा वाल स्वास्थ्य सेवाको माग बृद्धीमा दुई सय १६ जना स्वास्थ्य स्वयंमसेवीलाई जीवन सुरक्षा पूनर्ताजगी र मिजोप्रोस्टोल, १९ स्वास्थ्य संस्थाका व्यवस्थापन समितिको क्षमता अभिबृद्धी तालिम गरिने उनले बताईन् ।

५ स्वास्थ्य संस्थाको सामाजिक लेखापरीक्षण गरिने संस्थाका प्रदेशनम्बर १ का कार्यक्रम संयोजक सन्तोष पौड्ेलले बताए । सेवा प्रवाह बृद्धी कार्यक्रममा ५ वटा प्रसुति केन्द्रको प्रसुति भवन मर्मत तथा सृदृढिकरण, आवश्यकताअनुसार प्रसुति सम्बन्धी उपकरण वितरण गरिने छ ।

स्वास्थ्य सेवा प्रदायकको क्षमता अभिवृद्धीतर्फ १९ जना स्टाफनर्स तथा अनमीलाई दुई महिने दक्ष प्रसुतिकर्मी (एसविए) तालिम, २० जना स्टाफनर्स र अनमीलाई तीन दिने क्लिनिकल अपडेट तालिम, ५ जना दक्ष प्रसुतिकर्मीलाई ग्रामिण अल्ट्रासाउण्ड सम्बन्धी तालिम आयोजना गरिने जिल्ला कार्यक्रम संयोजक कल्पना श्रेष्ठले बताईन् ।

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा ५१ पटक प्रसुति केन्द्रमा सेवाको गुणस्तर सुधारमा सहयोग, दुई दक्ष प्रसुतिकर्मीलाई स्थलगत कोचिङ, र १९ पटक मेन्टरिङ, अध्ययन र अनुसन्धानमार्फत तथ्यांक संकलनमा जिल्लाको वेसलाईन अध्ययन, मातृ तथा नवजात शिशु मृत्यु सम्बन्धी तथ्यांक संकलन गरिने उनले बताईन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियार, उपप्रमुख गंगा राई, प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्का, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले कार्यक्रमलाई प्रभावकारी बनाएर अघि बढ्न सुझाब दिए । उनीहरुले संबिधानले स्वास्थ्यको अधिकार सुनिश्चित गरिसकेको हुँदा त्यसलाई कार्यान्वयन गर्नेक्रममा पृथक ढंगले कार्यक्रम सञ्चालन गर्नु पर्ने सुझाब दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0