Thursday, May 7News That Matters

नहरमा डुबेर एक बालकको मृत्यु

सुनसरी, बैशाख २ गते । 

सुनसरीको दुहवी नगरपालिका–७ स्थित नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मोरङ रङगेली नगरपालिका–२ घर भई दुहवीको एविआई ईटा भट्टामा काम गर्ने सुरज ऋषिदेबको ८ बर्षीय छोरा करण ऋषिदेब नहरमा डुबेर मृत्यु भएको हो ।

आफ्नो आमासँगै नहरमा नुहाउन गएका बालक सोमवार बिहान ९ बजे एक्कासी पानीमा डुबेर घाईते भएको प्रहरीले जनाएको छ । घाईते बालकलाई उपचारको लागी सामुदायिक अस्पताल दुहवी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको ईप्रका दुहवीले जनाएको छ ।