
पूर्णपुष्टि,माघ २४ । नाई सहयोग संस्था नेपाल त्रियुगा नगरपालिकाले नयाँ कार्य समिति गठन गरेको छ । नवगठित संस्थाका अध्यक्ष पदमा लाल बाबु ठाकुर रहने गरी १४ सदस्य सर्वसहमत चयन गरिएको हो ।
नयाँ कार्य समितिको उपाध्यक्षमा बलदेव ठाकुर,सचिवमा हरेराम ठाकुर, सह–सचिवमा उदय ठाकुर र कोषअध्यक्षमा गुडिया देवी ठाकुर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमस बसन्ति देवी ठाकुर,सुधा ठाकुर,गोपाल ठाकुर र आन्नद ठाकुर रहेका छन् । यता वरिष्ट सल्लाहकारमा डा। खुशीलाल ठाकुर, शिव चन्द्र ठाकुर,समत लाल ठाकुर छन् भने कानुनी सल्लाहकारमा राम प्रशाद ठाकुर, पुनदेव ठाकुर रहेका छन् ।
