
पूर्णपुष्टि, माघ ७
हालै शुक्रबार देखि सार्वजानिक भएको नागरिक एपको प्रयोकर्ताहरु बढेका छन् । शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त एपमा बुधबार मध्यान्ह सम्म तीन लाख ११ हजार १५३ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ ।
“सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको हो ।
नागरिक एप प्रयोगकर्ताहरु दिन प्रतिदिन बढीरहेको बेला यता एपमा प्राविधिक समस्या भने रहेको पाइएको छ । उक्त एप प्रयोगका लागि डाउनलोड तिव्र रुपमा भए पनि एप प्रमाणीकरण भने धेरैको हुन नसकेको गुणासो रहेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म २७ प्रतिशतको मात्र प्रमाणीकरण भएको छ ।
प्रमाणीकरणमा समस्या भएका कारण धेरै गुनासो नेपाल टेलिकम र गृह मन्त्रालयसँग सम्बन्धीत भएर आउने सूचना प्रविधि केन्द्रले जनाएको छ ।
सूचना प्रविधि केन्द्रका अनुसार हाल प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा नहुँदा प्रमाणीकरण हुन नसकेको, टेलिकमका कर्मचारीको गल्तीले नाम नमिलेकाजस्ता गुनासो आउने गरेको जनाएको छ ।
यसैगरी धेरै प्रयोगकर्ताले नागरिकताको विवरण फरक परेको गुनासो गर्ने गरेका छन् । धेरै प्रयोगकर्ताको नाम थर नै फरक भएको र महिला वा पुरुषबीचको लिङ्गसमेत नमिलेको जस्ता गुनासो गर्ने केन्द्रले जनाएको छ ।
३ लाख बढी डाउनलोड नागरिक एपमा ७२ प्रतिशतको भने प्रमाणीकरणमा समस्या देखिएको सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले बताए । सूचना अधिकारी पोखरेलका अनुसार प्रयोगकर्ताको आफ्नो नाममा सिमकार्ड नभएको र केहीको नागरिकताको विवरण नमिल्दा प्रमाणीकरणमा समस्या आएको बताए ।
