
पूर्णपुष्टि, जेठ २९ गते ।
डडेल्धुरामा नातीले ढिकीको मुशलले हिर्काउदा हजुरआमाको मृत्यु भएको छ ।
हिजो साँझ जिल्लाको गन्यापधुरा –२ कुवरगाउँका २४ वर्षीय रोशनराज गिरीले धान कुट्ने ढिकीको मुशलले हिर्काउँदा हजुरआमा ७३ वर्षीया राधादेवी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
नातीको आक्रमणबाट गम्भीर घाइते भएका राधाको उपचारको लागी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका गिरीलाई अमरगढी नगरपालिका –११ फिन्नेकोट स्थित लिटिरगाउँको जंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मृतकका छोराले दिएको किटानी अनुसार गिरीविरुद्ध ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिइसकेको छ ।
