
पूर्णपुष्टि, फागुन १४
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी नेता एलेक्सी नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर अज्ञात ठाउँमा लगिएको छ । राष्ट्रपति पुटनका विरोधी तथा भ्रष्टाचार विरोधी नेता नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर कहाँ लगिएको हो भन्ने कुराको जानकारी सरकारले नदिएको उनका सहयोगीहरुलाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ ।
नेता नाभाल्नीलाई अर्को कुनै जेलमा लगिएको अनुमान गरिएको छ । यसै महिनाको सुरुवातमा अदालतले नाभाल्नीलाई भ्रष्टाचार मुद्दामा जेल पठाउने फैसला गरेको थियो । यसलाई राजनीतिक रुपमा प्रेरित भनिएको जनाईएको छ ।
रुसको एक अदालतले उनलाई तीन वर्षको कैद सजायँ सुनाएको थियो । युरोपेली युनियनका नेताहरुले नाभाल्नीसँग रुसी सरकारले गरेको व्यवहारको निन्दा गर्दै तत्काल रिहाइको माग गरेको जनाईएको छ ।
