Friday, July 3News That Matters

नारायणगढ मुग्लिन सडक अबरुद्ध

पूणर्पुष्टि, साउन, ५ 

दैनिक १० हजार गाडी गुड्ने नारायणगढ मुग्लिन सडक खण्ड लगतारको बर्षाका कारण पहिरोले अबरुद्ध भएको छ । सडक अबरुद्ध भएपछि सवारीहरु पूणर् रुपले ठप्प भएका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिरो ठूलो भएकाले सोमबार दिनभरजसो नै सडक अवरुद्ध हुने सम्भावना रहेको बताउनु भयो । भट्टराईले तत्कालका लागि यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह समेत गर्नु भएका छन् ।

नारायणगढ-मुग्लिन सडकको चारकिलो, कालीखोलामा सोमबार बिहानै पहिरो खसेपछि अहिले तत्कालका लागि सवारी आवागमन ठप्प भएको हो । संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक रुपमा रहेको नारायणगढ मुग्लिन सडक बिहान ४ बजेतिर पहिरो गएर थुनिएको हो ।

नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार बिहान ४ बजेतिर पहिरो गएको हो । अझै पनि झरी र पहिरो नथामिएकाले सडक खुलाउन सुरु भइसकेको छैन ।

‘पहिरो हटाउने औजार-उपकरण तयारी अवस्थामा छन् । तर काम सुरु गर्न गाह्रो छ । बाटो खुल्नेबारे यसै भन्न सक्ने अवस्था रहेन,’ इन्जिनियर खनालले भने ।