Sunday, May 17News That Matters

नारायणी अस्पतालमा एक संक्रमित पुरुषको ज्यान गयो

पूर्णपुष्टि, वैशाख २२ वीरगञ्जमा एकजना कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । वीरगञ्ज– १० आदर्शनगर बस्ने ४० वर्षीय पुरुषको ज्यान गएको हो । नारायणी अस्पतालको कोभिड संयोजक डाक्टर सरोज रोशन दासकाअनुसार श्वास प्रश्वासमा निकै समस्या देखिएपछि उनलाई मंगलबार दिउँसो ३ बजे देखि भेन्टिलेटरमा राख्दा राति साढे ९ बजे उनको ज्यान गएको हो । कोरोनाका लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएपछि उनको पीसीआर गर्दा १३ गते रिपोर्ट पोजेटिभ देखाएपछि उनलाई बैशाख १६ गते झन गाह्रो भएपछि नारायणी अस्पतालमा भर्ना गरेको थियो ।