
‘पूर्णपुष्टि, माघ २०
आजकल घरमा रातदिन झगडा, दुईटी स्वास्नी दुईटै छिन् तगडा
घाटा भो धन्दामा, दुईटी स्वास्नी बीचैमा म एउटा पर्यो ज्यान फन्दामा’
चर्चित हाँस्य कलाकार निरु खड्का र तामाङ चलचित्रकी नायिका अनु लामालाई फकाउन अमरकृष्ण चन्द ‘अकृच’ व्यस्त देखिएका छन् ।
अकृच अन्य कुरामा फकाउन लागेका होईनन् । हालै सार्वजनिक भएको ‘घाटा भो धन्दामा ‘।। दुईटी स्वास्नी ‘’ बोलको गीतको भिडियोमा चन्दकी दुई श्रीमतिको भूमिकामा रहेकी खड्का र लामालाई फकाउन ब्यस्त भएका हुन् । लामो समयदेखि कलाक्षेत्रमा सक्रिय रही अनवरत कलाकारितामा आफ्नो समय खर्चिएका कलाकार, नृत्य निर्देशक, अमरकृष्ण चन्द ‘अकृच’ आफ्नो नविनतम प्रस्तुति लोक तेहरी एल्वम ‘घाटा भो धन्दामा ‘।। दुईटी स्वास्नी ‘’ बजारमा लिएर आएका हुन् ।
समसामयिक विषयवस्तुमा आधारित मौलिक नेपाली लोक तेहरी गीत ‘घाटा भो धन्दामा‘। दुईटी स्वास्नी ‘’ समाजमा घट्ने तीतो यथार्थलाई जस्ताको तस्तै चित्रण गरिएको छ । दुइटी श्रीमति ल्याउँदा भोग्नु पर्ने पीडालाई गीतमा समेटिएको छ । दुइटा नाम्लो एउटै थाप्लोमा बोक्न खोज्दा आइपर्ने व्यवहारिक समस्यालाई गीतको भिडियोमा सचित्र उतारिएको निर्माण पक्षले बताए । लामो समयदेखि रंगपत्रकारितामा समेत कलम चलाउँदै आएका कलाकार, निर्देशक अमरकृष्ण चन्द ‘अकृच’ ले ‘घाटा भो धन्दामा ‘।। दुईटी स्वास्नी ‘’ बोलको गीतको भिडियोमा । चर्चित हाँस्य कलाकार ठ्याँस कुमारी तथा निर्मली भनेर चिनिने निरु खड्का र तामाङ चलचित्रका नायिका अनु लामा सँग चन्दले अभिनय रहेको छ । भिडियोलाई सिमिली मिडियाले बजारमा ल्याएको हो ।
कमल दाहालको लय तथा शब्द रहेको गीतमा कर्णप्रिय स्वर दिएका छन् गायिका जितु लोप्चन, कुमारी लामा र कमल दाहालले । गीतमा संगीत सूर्यकिरण लामाले संगीत दिएका छन् । मौलिक लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गीत निर्माण गरिएको कताउँदै गौरीशंकर साँस्कृतिक समूहका अध्यक्ष सुमित लामाले उत्कृष्ट बनेको भिडियोलाई सबैले मन पराइदिने दाबी गरे ।
‘उठाइ आउँछिन् दुई हातले कुचो, तिम्री जेठी भाकी छिन् झन छुच्चो
कर्मको खेलामा, विश्वासघाती तिम्रै भर पर्नाले सौताको फेलामा’
