पूर्णपुष्टि, कार्तिक २७ गते ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) उदयपुरले शनिबार निर्वाचनमा खटाईने पर्यवेक्षकलाई एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । आउदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि छनौट भएका १५ जनालाई त्रियुगा नगरपालिक–१२ गाईघाटमा तालिम दिइएको हो ।
छनौटमा परेका पर्यवेक्षकहरुले मंसिर ४ गतेका दिन स्वच्छ निष्पक्ष विवरण टिपोट गरि नियोकमा बुझाउनु पर्ने छ । खटिएको निर्वाचन स्थलको सम्पूर्ण जानकारी पर्यवेक्षकले पाँच वटा एस्एम्एस् मार्फत नियोकमा पढाउनु पर्ने नियोक उदयपुरका अध्यक्ष ललित शाहले बताउनुभयो । जिल्लाको सबै पालिकामा निर्वाचनका दिन नियोकले कर्मचारी परिचालन गर्ने शाहले जानकारी दिनुभयो ।
पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहिता, उत्तर दायित्व तथा वहन गर्नु पर्ने जिम्मेवारीको विषयमा नियोक उदयपुरको सचिव ब्रजेस काफ्लेले एक रिर्पोट प्रस्तुत गर्नु भएको थियो ।
पर्यवेक्षकले काम गर्दा निकै नै सम्वेदनशिल भएर आचारसंहिताको पालन गर्दै आफ्नो जिम्मेवारी पूरा गर्नु पर्ने काफ्लेले बताउनुभयो ।

