
पूर्णपुष्टि, पुष २१
नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड नेपाल) ले उदयपुरमा विभिन्न पार्टीगत कार्यक्रमलाइ तीव्रता दिएको छ । पार्टीले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । आज चौदण्डीगढी नगरपालिकाको बेल्टारमा कार्यकता भेला कार्यक्रम भएको छ ।
त्यसैगरी २३ गते अखिल नेपाल महिला संघ जिल्ला कमिटिको जिल्ला स्तरीय कार्यकर्ता भेला, २४ गते नेपाल दलित मुक्ति संगठनको जिल्लास्तरीय कार्यकर्ता भेला, २५ गते उदयपुर जिल्लामा भएका सम्पुर्ण जनवर्गीय संगठनको जिल्लास्तरीय कार्यकर्ता भेला रहेको जिल्ला सचिव इश्वरमणी राउतले जानकारी दिनुभयो ।
त्यसैगरी २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अध्ययन गर्नका निम्ती नारा जुलुुुससहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम र नगरस्तरीय कार्यकर्ता भेला रहेको बताउनुभयो । २७ गते प्रदेशस्तरीय कार्यकर्ता भेला रहेको जनाइएको छ ।
