
पूर्णपुष्टि, साउन ३१
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वडाकमिटि, त्रियुगा नगरपालिका ११ को पुनर्गठन सम्पन्न भएको छ । शिवबहादुर खड्काको अध्यक्षता, सोमान सिंह दनुवार सचिव रहने गरी २९ सदस्यीय वडाकमिटि पुनर्गठन भएको हो ।
पार्टीका प्रदेश सदस्य एवम संविधानसभा सदस्य मोहन खत्री, जिल्ला सदस्यहरु किरण राई, विमल किराती, कमला राई, नगर कमिटि सदस्यहरुको उपस्थितिमा हिजो पुनर्गठन भएको हो । कमिटिको सदस्यहरुमा लक्ष्मीकुमार कार्की, गिता राई, रमिता राई, दलबहादुर राई, बलबहादुर विक, विमला बस्नेत, कुमार राउत, राम बराईली, राजकुमार राई, कल्पना राई, गणेश राया, रविन सुनुवार, साजन राई, सावित्रा पराजुली, दुर्गा सुनुवार, संकर साह, सिंहेश्वर गुप्ता, सरोज राई, बलबहादुर विक, कोसल रेग्मी, गोविन्द रोका, समसेर रोक्का, शिवकुमार राई, इश्वरी कार्की, बिरेन्द्र कार्की, विक्रम राई, मनिषा राई र दिलकुमार राई रहेका छन् ।
नयाँ पदाधिकारी तथा सदस्यहरुलाई पार्टीका नेताहरुले बधाई तथा शुभकामना दिदै सांगठनिक गतिविधिमा अघि बढ्न निर्देश गरेका थिए ।

