
पूर्णपुष्टि,जेष्ठ ३२ । ब्रुनो पेटकोझिच र लुका मोडरिचले अतिरिक्त समयका गरेको गोलमा क्रोएसियाले बुधबार नेदरल्यान्ड्सलाई ४–२ ले पराजित गर्दै नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
खेलको ३४ मिनेटमा मालेनको गोलबाट नेदरल्यान्ड्सले अग्रता लिएको थियो। क्रोएसियाका क्रामारिकले ५५ मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरे। ७२ मिनेटमा पासालिकले गोल गरेपछि क्रोएसियाले २-१ को अग्रता लियो। तर दोस्रो हाफको इन्जुरी टायमम लाङले गोल गरेपछि नेदरल्यान्ड्सले खेलमा २(२ को बराबरी गर्न सफल भएको थियो।
एक्स्ट्रा समयमा धकेलिएको खेलमा क्रोएसियाका लागि पेट्कोभिकले ९८ मिनेटमा र लुक मोड्रिचले ११६ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । फाइनलमा पुगेसँगै क्रोएसिया पहिलो ठूलो उपाधि नजिक पुगेको छ।
अब क्रोएसियाले आइतबार फाइनलमा इटाली वा स्पेनसँग खेल्नेछ। जबकी नेदरल्यान्ड्सले तेस्रो स्थानको प्लेअफ खेल्नु पर्नेछ ।
