Friday, May 15News That Matters

नेपालकै पहिलो सुरुङ मार्गका लागि १६ अर्ब

असोज ७ गते । 

नागढुङ्गा–नौविसे सुरुङ मार्ग निर्माणको लागि सम्झौता भएको छ । नेपालकै पहिलो सुरुङ मार्गको रुपमा चिनिएको सुरुङ मार्ग निर्माणको सम्झौता भएको हो ।

दुई दशमलव छ किलोमिटर लामो सुरुङ बनाउन सडक विभाग र जापानको हाज्मा आन्द्रो जेभीबी विच सोमबार सम्झौता भएको थियो । सडक विभागको विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजङ्ग थापा र  हाज्मा–आन्द्रो जेभीका प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सुरुङ मार्गको काम नोभेम्बर महिनादेखि सुरु गर्नेछ । आयोजनाको कामको लागि धादिङका केही स्थानमा जग्गा अधिग्रहणको विषयमा समस्या देखिएपछि कम्पनीले काठमाण्डौैतर्फबाट काम सुरु गर्ने र जग्गाको समस्या आफूहरुले समाधान गर्दै जाने विभागले जनाएको छ ।

४२ महिनामा सुरुङ मार्गको काम सक्ने गरि सम्झौता गरिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकासँग सुरुङ मार्ग निर्माणको लागि १६ अर्ब रुपैयाँको सहुलियतपूर्ण ऋणमा पनि सम्झौता भैसकेको छ ।