
पूर्णपुष्टि/बैशाख, २३
नेपालगन्जमा आज फेरी थप सात जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो समय नेपालगन्जमा संक्रमितको सख्या निरन्तर फेला परेको हो । थप ७ जना सहित नेपालमा टोटल संख्या ८२ जना पुगेको छ ।
नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यो सँगै नेपालगन्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ । यस अघि मात्रै नेपालगन्जमा एकै चोटी १५ जनामा संक्रमित पुष्टि भएको थियो ।
