
पुर्णपुष्टि,असोज ४
नेपालमा आज १३ सय २५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । वितेको २४ घन्टामा थप १३ सय २५ जनामा कोरोना देखिए संगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार एक कसय २२ पुगेको हो ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर नौँ सय ६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या ४६ हजार दुई सय ३३ जना पुगेको छ ।
