Thursday, May 7News That Matters

नेपालमा आज ९२७ कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, भदौ १२

नेपालमा आज थप नौ सय २७ जनामा कोरोना सङ्क्रममण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३६ हजार चार सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप एक सय ६९ जना उपचारपछि निको  भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार दुई सय ४५ पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या एक सय ९५ पुगेको मन्त्रालयले जनाएको छ ।