Friday, May 22News That Matters

नेपालमा एकैदिन १०४१ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, भदौ २०

नेपालमा आज थप एक हजार ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ हजार दुई सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१२ हजार चार सय ७३ जनाको पीसीआर परीक्षण गरेको गरिएको थियो ।

त्यस्तै आज एक हजार पाँच सय ६६ जना निको भए घर फर्केका छन् । योसँगै निको हुनेको संख्या २७ हजार एक सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा १७ हजार ८७० जना सक्रिय सङ्क्रमित छन् । त्यसमध्ये एक सय ६७ जना आईसीयू र २४ जना भेन्टिलेटरमा रहेका छन् ।

त्यस्तै गत २४ घण्टामा नौ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ८० पुगेको छ ।