
पूर्णपुष्टि, कात्तिक १८
नेपालमा आज थप २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण भएपछि संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३ हजार १ सय ४२ जनामा कोरोना संक्रमण मुक्त भएसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।
