
पूर्णपुष्टि, भदौ २
नेपालमा आज थप एक हजार १६ जनामा कोरोना संत्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८५ जना उपचारपछि निको भएर डिस्चार्ज भएको छ । योसँगे निको हुनेको सङ्ख्या १७ हजार पाँच सय ८० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट सात जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय १४ पुगेको छ ।
