Friday, May 22News That Matters

नेपालमा थप १२०७ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, असोज १० 

नेपालमा आज थप एक हजार दुई सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१० हजार १९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमण हुनेको संख्या ७१ हजार आठ सय २१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार एक सय ४७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ५३ हजार १३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले १८ हजार तीन सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये दुई सय २४ जना आइसोलेशन र २७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

त्यस्तै गत २४ घण्टामा आठ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै संक्रमितको संख्या चार सय ६७ पुगेको छ ।