
बैशाख ११
नेपालमा थप २६ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७५ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ८६ जना र ११ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३३ जना गरी २६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ९७ हजार ८७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा तीन सय ६८ जना निको भएसँगै दुई लाख ७७ हजार एक सय २३ जना निको भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १४ जनाको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा १६ हजार आठ सय २८ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित मध्ये दुई सय १३ जना आईसीयू र ६९ जना भेण्टिलेटरमा उपचार गराइरहेका छन् ।
अहिले काठमाण्डौ, पर्सा, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रुपन्देहीमा पाँच सय भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।
