
पूर्णपुष्टि, असोज १६
नेपालमा आज थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८२ हजार चार सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार सात सय २२ जनाको नमुना परीक्षण गर्दा २७ सय २२ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गत २४ घण्टामा ३३ सय सात जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६० हजार ६ सय ९६ पुगेको छ ।
अब नेपालमा २१ हजार दुई सय ३४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ८५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय २० पुगेको मन्त्रालयले जनाएको छ ।

