Friday, May 22News That Matters

नेपालमा थप ४८४ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, साउन २८

नेपालमा आज थप चार सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार चार सय ३२  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा  उक्त संक्रमित मध्ये ६४ जना उपचारपछि निको भएर घर फर्किएको छ । योसँगै कोरोना मुक्त हुनेको संख्या १६ हजार सात सय २८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ ।

ललितपुरमा चार जना तथा मोरङ, रुपन्देही धादिङ, र सप्तरीमा एक/एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।