Saturday, June 13News That Matters

नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार ९

नेपालमा थप ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

आज थपिएका नयाँ संक्रमितहरु मध्ये ४ सय ४८ जना पुरुष र ९० जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज उक्त संक्रमित मध्ये ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । ८ जना महिला र ६८ जना पुरुष डिस्चार्ज भएको जनाईएको छ । यो सँगै डिस्चार्ज हुनेको संख्या २ हजार २ सय २४ पुगेको छ ।

त्यस्तै आज थप १ जनाको मृत्यु भएको छ । दैलेखका ४५ वर्षका एक जना पुरूष कोरोनाका कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या २४ पुगेको छ ।