
पूर्णपुष्टि, फागुन २५
नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार आठ सय ६९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ६० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार नौ सय ८७ पुगेको छ । नेपालमा अहिले आठ सय ७० जना सक्रिय सङ्क्रमित रहेका छन् ।
गत २४ घण्टामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार १२ पुगेको मन्त्रालयले जनाएको छ ।
